काठमाडौं - सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा सोमबार साँझ सम्ममा ७ गुणा भन्दा धेरै आवेदन आएको छ ।
बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म १२ लाख २२ हजार ८३२ जनाले १ करोड ८८ लाख ७२ हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्तालाई आधार मान्दा ७.१४ गुणा बढी आवेदन हो ।
कम्पनीले शुक्रबार (चैत ६ गते) बाट १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको छ । यसमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया