सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन, कति आवेदकले दिए त आवेदन ?

५ बर्ष अगाडि

काठमाडौं- सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने भोलि(मंगलबार) अन्तिम दिन रहेको छ । कम्पनीले चैत ६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । 

कम्पनीको आईपीओमा तेस्रो दिन आइतवार साँझ ५ बजेसम्म मागभन्दा पाँच गुणा बढी आवेदन परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि चैत १० गतेसम्म मात्र विक्री खुला गर्न लागेको कम्पनीको भनाइ छ ।

 छिटो अवधिभित्र आवेदन नपरेको खण्डमा ढिलो अवधि चैत २० गतेदेखि यो शेयर निष्काशनमा रहने थियो । आइतवार साँझ ५ बजेसम्म उक्त कम्पनीको आईपीओमा ८ लाख ८३ हजार ७५ जनाले आवेदन दिएका छन् ।

यी आवेदकहरुबाट १ करोड ३९ लाख ८० हजार ५२० कित्ता शेयर खरीदको माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । 

कम्पनीले आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया