सोमबार नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ५ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको दोस्रो दिन(सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । 

हिजो साताको पहिलो दिन ६३.३८ अंकले बढेको परिसुचक आज २४.०८ अंकले ओरालो लाग्दै २५१४.३९ को बिन्दुमा पुगेको छ । आज नेप्सेमा २५३८.४६ को बिन्दुबाट सुरु भएको छ । 

यस्तै, सेन्सटिभ परिसुचक पनि आज ४.७९ को बिन्दुले ओरालो लाग्दै ४४८.८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

कारोबारमा आएका १३ उपसमुहमध्ये २ उपसमुह बढेका छन् । होटेल समुह १०४.९७ अंकले बढेर ३१२७.४८ को बिन्दुमा र हाइड्रोपावर १०१.७३ अंकले बढेर २२२४.३६ बिन्दुमा पुगेको छ । 

यसैगरी ३ बजेसम्म कारोबारमा आएका २११ कम्पनीमध्ये ३३ कम्पनीको शेयरमुल्य बढेको छ भने १ सय ३८ कम्पनीको शेयरमुल्य ओरालो लागेको हो र बाँकी कम्पनीको मुल्य स्थिर रहेको छ ।

अन्तिम समयसम्म कारोबारमा आएका कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता शेयर ६१ हजार ४८८ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ३५ करोड १३ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया