मुग्लिन-नारायणगढ सडक वर्षा नलाग्दै सकिने

७ बर्ष अगाडि

भरतपुर - नारायणगढ-मुग्लिन सडक स्तरोन्नति कार्य असारसम्म सक्ने गरी कामलाई तीव्रता दिइएको छ। पहिलो चरणको कालोपत्रे गर्ने काम चैतभित्रै सक्ने तयारी रहेको आयोजनाले जनाएको छ।

निर्माणलाई तीव्रता दिन रातको समयमा हरेक दिन ६ घण्टाका लागि उक्त सडकमा यातायात आवागमन बन्द गरिएको छ। आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बाटो बनाउन राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको जानकारी दिए। राति बाटो बन्द गरेर सडक विस्तारका लागि पहाडको चट्टान कटान गर्न सुरु गरिएको छ।

सोह्र किलो, घुमाउने र चेपाङडाँडा गरी तीन ठाउँमा आठ सय मिटर चट्टान कटानको काम सुरु गरिएको छ। पुस १३ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले राति ६ घण्टा सडक बन्द गरी निर्माण सुचारु गर्ने निर्णय गरेको थियो। करिब ३३ किलोमिटर सडकमध्ये ६९ प्रतिशत काम सम्पन्न भइसकेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया