दोस्रो घण्टा : नेप्सेमा दोहोरो अंकको गिरावट , कारोबार रकम साढे २ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आउँदा दोहोरो अंकले ओरालो लागेको छ ।

एक बजेसम्म आउँदा नेप्से परिसुचक १५.९५ अंकले ओरालो लागेर २५२२.५१ को बिन्दुमा पुगेको छ । 

यस्तैं, सेन्सेटिभ परिसुचक ४.४८ अंकले ओरालो लाग्दै ४४९.११ को बिन्दुमा पुगेको छ ।

सो अवधीसम्म कारोबारमा आएका २०५ कम्पनीको ५८ लाख ८ हजार ७८ कित्ता शेयर ३१ हजार ८०९ पटक खरिद बिक्री हुदाँ २ अर्ब ६५ करोड ५६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया