घट्यो महिला लघुवित्तको शेयर मुल्य

५ बर्ष अगाडि

काठमाडौं – गत हप्तादेखि नियमित शेयर कारोबारमा आएको महिला लघुवित्त वित्तिय संस्थाको शेयर मुल्य घटेको छ । सोमबार कारोबारको पहिलो घण्टामा उक्त कम्पनीको शेयर मुल्य ६ अंकले घटेको हो । 
यस अघि कम्पनीको शेयर मुल्य ४४६ रुपैयाँ थियो । तर, अहिले त्यो १.३५ प्रतिशतले घटेर ४४० रुपैयाँमा झरेको छ ।
यद्यपि, मुल्य घटेपनि कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ता भने कोही आएका छैनन् । नेप्सेको मार्केट डेप्थअनुसार कम्पनीको शेयर खरिद गर्न चाहाने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्ने अझै कोही आएका छैनन् । 
गत हप्ता उक्त कम्पनीको उक्त कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएको थियो । मंगलबारदेखि नियमित शेयर कारोबारमा आएको यस कम्पनीको मुल्य भने त्यति बढेको छैन ।

५ बर्ष अगाडि

प्रतिक्रिया