कारोबारको पहिलो घण्टा : ओरालो यात्रामा नेप्से,कारोबार रकम डेढ अर्बमाथि

५ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो दिन(सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टासम्म आइपुग्दाँ सामान्य अंकले ओरालो लागेको छ 

१२ बजेसम्म आइपुग्दाँ नेप्से परिसुचक ४.७८ अंकले ओरालो लागेर २५३३.६८ को बिन्दुमा पुगेको छ ।

कारोबारमा रहेका १३ उपसमुहमध्ये २ उपसमुह मात्र उकालो लागेका छन् । होटल समुह १११.५२ अंक र हाइड्रोपावर समुह ४५.५९ अंकले बढेको हो । 

सोही अवधीसम्म कारोबारमा आएका १९८ कम्पनीको ३७ लाख ७६ हजार २९४ कित्ता शेयर १९ हजार ४९ पटक खरिद बिक्री हुदाँ १ अर्ब ६१ करोड २३ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया