प्रि ओपनिङ सेसन : नेप्सेमा झन्डै २४ अंकको वृद्धि, ५९ कम्पनी कारोबारमा

५ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो दिन प्रि ओपनिङ सेसनमा नेप्से परिसुचक झन्डै २४ अंकले बढेको छ । 

सोमबार नेप्से परिसुचक प्रि ओपनिङ सेसनमा २३.९० अंकले बढेर २५६२.३७ को बिन्दुमा पुगेको छ । 

कारोबारमा आएका ५९ कम्पनीमध्ये ४२ कम्पनीको शेयरमूल्य बढेपछि नेप्सेमा उच्च बढोत्तरी आएको हो ।

यस्तै,शेयर कारोबार रकम २ करोड नाघेको छ । शेयर बजारमा सूचीकृत कम्पनीको मूल्य घट्न थालेपछि लाखमा सीमित हुँदै आइरहेको कारोबार २ करोड माथि पुगेको हो ।

आज ५९ कम्पनीका २३ हजार ५५९ कित्ता शेयरहरु २ करोड ८ लाख ३४ हजार २८२ रुपैयाँमा किनबेच भएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया