काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा सूचिकृत सिफारिस भइ आएका निर्माण व्यवसायी तथा आपुर्ति कम्पनीहरूलाई स्पष्टीकरण मागेको छ ।
अनुगमन कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण सहित लिखित रुपमा स्पष्टीकरण दिन आग्रह गरेको छ ।
त्यस्ता कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण दिनु पर्ने छ । ।
कार्की सप्लायर्स, श्यमकाकु मित्र जे.भी., पारस निर्माण सेवा, अमित निर्माण सेवा, रिजन एण्ड रियाना कन्स्ट्रक्सन प्रा.ली., बिक्रम खाद्य स्टोर सँग कार्यालयले स्पष्टीकरण मागेको हो ।
यस अघि पनि लिखित स्पष्टीकरणको लागी सूचित गरे पनि स्पष्टीकरण नआएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया