काठमाडौं- सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हकप्रद शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले ५० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य रू. २४२ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात आइतवार कायम अन्तिम शेयरमूल्य रू। ३१३ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया