काठमाडौं– राजस्व चुहावट सम्बन्धि मुद्धाको अनुसन्धान हुने भएको छ ।
राजस्व अनुसन्धान विभागले सोमबार एक सूचना जारी गर्दै यस अघि उपस्थित नभएका ब्यक्तिहरुलाइ विभागमा उपस्थितको लागी आग्रह गरेको हो ।
यस अघि पत्राचार गरर बोलाए पनि नआएको भन्दै विभागले सार्वजनिक सूचना जारी गर्दै उपस्थित हुन भनेको छ ।
सूचना प्रकाशित भएको ७ दिन भित्र उपस्थित हुन सम्बन्धित पक्षलाइ विभागले आग्रह गरेको छ ।
विभागको सूचनामा सन्ध्य ट्रेडर्स थापागाउँ, मुअन ट्रेडिङ कन्सर्न बौद्ध, दिव्य इन्टरप्रइजेज कालिमाटी, अंसु ट्रड लिंक कुलेश्वर, निक्कि के ट्रड बसुन्धारा, ऐन.के.डी. ट्रेडर्स तारकेश्वर,जि.एन. ट्रेडर्स सितापाइला को नाम सर्वजनिक भएको छ ।
उपस्थित नभएका मध्ये लक्कि टे«ड लिंक बसुन्धारा, पि.एन.आर. इन्टरप्रइजेज पुरानोबानेश्वर,युनिक ट्रेड एण्ड इन्टरप्राइजेज तारकेश्वर, अंकुश सप्लायर्स एण्ड ट्रेडर्स कुलेश्वरलाई पनि सनुसन्धान गर्नु पर्ने भन्दै बोलाएको छ ।
सूचना प्रकान पछि अटेरि गरी उपस्थित नहुने कम्पनिलाइ कानुन अनुसार कारवाइ गरिने विभागले जनाएको छ ।
प्रतिक्रिया