त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गाडि पार्किङ्ग गर्न ४ करोड ८४ लाखको ठेक्का

४ बर्ष अगाडि

काठमाडौं - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडी सवारी साधन पार्किङ्गको लागि ४ करोड ८४ लाख ५६ हजारमा ठेक्का लागेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले शिद्धगढी मारुती जे.भीं, कोटेश्वरलाई उक्त ठेक्का दिएको हो । 

ठेक्का पाएको कम्पनीले विमानस्थलका नागरिक उड्ययन कार्यालय अपरेशन÷एयरलाईन्स भवन अगाडि र आन्तरिक टर्मिनल भवन अगाडि सवारी साधन पार्किङ्गको शुल्क उठाउन पाउने छ । त्यसबापत शिद्धगढीले कबोल गरेको ठैक रकम सबैभन्दा धेरै रहेको प्राधिकरणले जनाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १० (ङ) अनुसार प्राधिकरणको स्वामित्वमा रहेका विमानस्थल तथा विमानस्थल क्षेत्रमा वायुयान अवतरण (लैण्डिङ्ग), गृह आश्रय (हाउसिङ्ग), भूमिस्थ प्रबन्ध सुविधा (ग्राउण्ड हायड्लिङ्ग), विसान (पार्किङ्ग) गरेमा वा अन्य सवारी साधन विसान (पार्किङ्ग), गरेमा तोकिए बमोजिमको शुल्क असुल गर्ने अधिकार प्राधिकरणलाई छ । 

प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावलीको नियम ४५ अनुसार प्राधिकरणले ठेक्का बन्दोवस्त गर्दा अग्रिम असूल गर्नु पर्ने किस्ताको अङ्क निर्धारण ठेक्का सम्बन्धी सूचना र बोलपत्रमा उल्लिखित असूली कार्यतालिका र अन्य शर्त बनाउँछ । तर यसरी कार्यतालिका बनाउँदा शुल्क, दस्तुर वा भाडा उठ्ने सम्भाव्य समय र भुक्तानी गर्ने किस्ताको समय मिलान भएको हुनुपर्दछ ।
 
साथै किस्ताहरु बीचको समयान्तर चार महिनाभन्दा बढी राख्न पाइँदैन । ठेकेदारले सम्झौताको समयमा कूल ठेक रकमलाई वार्षिक किस्ता कायम गरी एक/एक वर्षको एकमुष्ट अग्रिम भुक्तानी गर्न मन्जुर गरेमा त्यस्तो अग्रिम भुक्तानी रकममा पाँच प्रतिशत छुट दिने व्यवस्था छ । तर त्यस्तो छुटको प्रतिशत बोलपत्र वा बढाबढको सूचनामा उल्लेख भएको हुनु पर्ने व्यवस्था छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया