फेरी कोरोनाका त्रास बढेको भन्दै सभा, जुलुस गर्न रोक

५ बर्ष अगाडि

भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेको भन्दै नेपाल सरकारले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेको हो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका छन् । 

सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न भन्दै उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न अनुरोध गरेका हुन्।

५ बर्ष अगाडि

प्रतिक्रिया