पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण, १ सय ६ जना सक्रंमण मुक्त

५ बर्ष अगाडि

काठमाडौं-  पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा  कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै,पछिल्लो २४ घणटामा थप १ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हाल देशभरकोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७१ हजार ९२१ पुगेको छ।

आइतबार कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ३१६ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार हाल ४८ जना क्वारेन्टाइनमा र ९६९ जना आइसोलेसनमा रहेका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया