काठमाडाैं । साताको पहिलो दिन आइतबार १६ कम्पनीको रु १० करोड भन्दा धेरैमूल्यको सेयर किनबेच भएको छ । करिब ३ साताको करेक्सनपछि गतसातादेखि लयमा फर्किएको बजारमा आइतबार विभिन्न समूहका १६ कम्पनीको सेयर किनबेचमा रु १० करोड भन्दा धेरै कारोबार भएको हो ।
आइतबार सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको रु ३९ करोड ९० लाख बराबरको सेयर किनबेच भएको छ । त्यस्तै दोश्रोमा नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड २० लाख र तेश्रोमा निफ्राको रु २१ करोड १८ लाख बराबर मूल्यको सेयर किनबेच भएको छ ।
आज माथिल्लो तामकोशीको सेयर कारोबार पनि करोडौंमा भएको छ अर्थात् माथिल्लो तामाकोशीको रु १५ करोड ६३ लाख बराबरको सेयर किनबेच भएको छ । त्यस्तै नविल बैंकको १३ करोड ९० लाख, नेपाल रि–इन्स्योरेन्सको १३ करोड १८ लाख, नेको इन्स्योरेन्सको १२ करोड ६२ लाखको कारोबार भएको छ ।
लघुवित्तको कारोबार पनि आइतबार १० करोड नाघेको छ । आज डिप्रोस्क लघुवित्तको कारोबार १५ करोड १५ लाख छ । त्यस्तै मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टीलरीको सेयर कारोबार पनि आइतबार १२ करोड १० लाख भन्दा धेरै छ ।
अरुणभ्याली हाइड्रोको सेयर कारोबार आइतबार १२ करोड ७ लाख माथी छ भने शिवम् सिमेण्टको रु ११ करोड ९० लाख, छिमेक लघुवित्त विकास बैंकको रु १० करोड ६६ लाख, एनआईसी एसीया बैंकको रु १० करोड ३३ लाख नेरुडे लघुवित्तको १० करोड २७ लाख र नेपाल टेलिकमको रु १० करोड १३ लाख बराबरको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया