आइतबार ६३.३८ अंकले बढेर २५३८.४६ को बिन्दुमा नेप्से, सर्वाधिक कारोबार गर्दै नेपाल बङ्गलादेश बैंक उच्च स्थानमा

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ६३.३८ अंकले बढेको छ । 

कारोबारको अन्तिम समयसम्म परिसुचक ६३.३८ अर्थात २.५६ प्रतिशतले उकालो लागेर २५३८.४६ को बिन्दुमा पुगि कारोबार बन्द भएको हो । आज नेप्से परिसुचक २४७५.०८ को बिन्दुबाट सुरु भएको हो । 

यस्तै, सेन्सेटिभ परिसुचक पनि कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ९.४४ अंकले उकालो लाग्दै ४५३.५९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

कारोबारका १३ उपसमुहध्ये कारोबारको अन्तिम समयसम्म आउँदा सबै उपसमुह बढेका छन् । 

तीन बजेसम्म कारोबारमा आएका २०६ कम्पनीमध्ये  १३८ कम्पनीको शेयर मुल्य बढेको छ  भने ३१ कम्पनीको शेयर मुल्य घटेको छ र बाँकी कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसैगरी, कारोबारमा आएका उक्त कम्पनीहरुको १ करोड २४ लाख ३० हजार २ कित्ता शेयर ८० हजार ९८६ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ९१ करोड ९८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये नेपाल बङ्गलादेश बैंकले सर्वाधिक कारोबार गर्दै उच्च स्थानमा रहेको छ भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा रहेको छ ।

आइतबार नेपाल बङ्गलादेश बैंकले ३९ करोड ९० लाख रुपैंया बराबरको गरेको छ भने नेपाल लाईफ इन्स्योरेन्सले ३१ करोड २० लाख रुपैंया बराबरको कारोबार गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया