एजेन्सी - एप्पलमाथि १९ लाख अमेरिकी डलर जरिवाना लागेको छ । गत वर्ष सार्वजनिक भएको आइफोन–१२ को बक्समा चार्जर नभएका कारण उक्त जरिवाना लागेको हो ।
एप्पल इन्साइडरका अनुसार ब्राजिलको उपभोक्ता संरक्षण नियामक कम्पनी प्रोकन–एसपीले ब्राजिलमा चार्जर बिना आइफोन–१२ बेचेको विरुद्धमा एप्पललाई जरिवाना लगाएको छ ।
डिसेम्बरमा प्रोकन–एसपीले एप्पललाई ब्राजिलभित्र आइफोन–१२ सँग चार्जर पनि प्रदान गर्न अनुरोध गरेको थियो । तर एप्पलले महिनौँसम्म पनि त्यसमा कुनै प्रतिक्रिया अदिएको कारण जरिवाना लागाइएको हो ।
आफ्ना प्रयोगकर्तालाई चार्जर दिन नसक्नुको कारण विस्तृतमा खुलाउन नसकेकाले ब्राजिलियन नियामक कम्पनीले एप्पललाई यहीँ मार्च १९ मा ठूलो रकम तिर्न लगाएको थियो ।
एप्पलले आफ्ना उपकरणबारे दिएको विज्ञापनमा झुटो कुरा फैलाएको र उपकरणहरु त्रुटीसहित बेचेको आरोपमा पनि ब्राजिलले एप्पललाई १९ लाख अमेरिकी डलरको जरिवाना लगाएको एप्पल इन्साइडरले लेखेको छ ।
एप्पलले वातावरण संरक्षणको लागि गत वर्षबाट आफ्ना उपकरणहरुमा चार्जर नराख्ने घोषणा गरेको थियो । तर, ब्राजिल एप्पलको यस वर्णनबाट सन्तुष्ट नभएको एप्पल इन्साइडरले जानकारी दिएको छ ।
प्रयोगकर्ताले गरेका उजुरीमध्ये एप्पलले उपभोक्तासँग गर्ने सम्झौता पूरा गर्न नसकेको, आफ्ना वारेन्टी अन्तर्गत उपकरणहरु मर्मत नगरेको र आइफोन पानी प्रतिरोध समेत नभएको आरोप छ ।
प्रतिक्रिया