काठमाडौं- अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद आइतबारसम्म कायम शेयरधनीले मात्र पाउने भएका छन् ।
कम्पनीका अनुसार हकप्रद पाउन चैत ८ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनीले कायम भैसक्नुपर्नेछ । कम्पनी सञ्चालक समितिको फागुन २६ गते सम्पन्न बैठकले हकप्रद निष्काशनका लागि हकप्रद जारी गर्नका लागि चैत ९ गते सोमबार शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।
कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेकोमा विद्युत नियमन आयोगले पहिलो चरणमा ५० प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएपछि धितोपत्र बोर्डले पनि सोही अनुसार फागगुन २५ गते मंगलबार स्वीकृति दिएको थियो ।
बोर्डले १ बराबर ०.५ कित्ताको अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद निष्काशनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको चयन गरिएको छ ।
प्रतिक्रिया