काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक तीन घण्टाको अवधीसम्म्म आइपुग्दा ५५.१५ अंकले उकालो लागेको छ ।
आज परिसुचक २४७५.०८ को बिन्दुबाट सुरु भई कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ २.२३ प्रतिशतले बढेर २५३०.२३ को बिन्दुमा पुगेको हो ।
सोही अवधीसम्म आइपुग्दाँ कारोबारका १३ उपसमुह मध्ये व्यापार समुह र हाइड्रोपावर समुह ओरालो लागेका हुन् भने बाँकी उपसमुह उकालो लागेका छन् ।
२ बजेसम्म कारोबारमा आएका २०३ कम्पनीको ८७ लाख १ हजार ४८९ कित्ता शेयर ६० हजार ३९३ पटक खरिद बिक्री हुदाँ ४ अर्ब १३ करोड ७० लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया