काठमाडौं- साताको पहिलो दिन(आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ४७.७२ को बिन्दुले उकालो लागेर २५२२.८१ को बिन्दुमा पुगेको छ ।
परिसुचक १ बजेसम्म आइपुग्दाँ १.९३ प्रतिशतले बढेको हो ।
आइतबार कारोबारमा आएका १३ उपसमुहमध्ये हाइड्रोपावर समुह ओरालो लागेको छ । हाइड्रोपावर समुह ८.१५ अंकले ओरालो लागेर २१००.६८ को बिन्दुमा पुगेको छ भने ११ उपसमुह उकालो लागेको छ ।
दुई घण्टामा कारोबारमा आएका २०१ कम्पनीको ५६ लाख ८० हजार ८८ कित्ता शेयर ४३ हजार ७०३ पटक खरिद बिक्री हुदाँ २ अर्ब ६९ करोड २८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया