कारोबारको पहिलो घण्टा : नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम १ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)  परिसुचक कारोबारको पहिलो घण्टासम्म आउँदा दोहोरो अंकले बढेको छ । 

१२ बजेसम्म आइपुग्दाँ नेप्से परिसुचक १९.७४ अंकले बढेर २४९४.८२ को बिन्दुमा पुगेको छ । आज परिसुचक २४७५.०८ बिन्दुबाट सुरु भएको हो ।

कारोबारमा आएका १३ उपसमुहमध्ये ४ उपसमुह ओरालो लागेका छन् भने बाँकी ९ उपसमुह भने उकालो लागेका हुन् ।

सोही अवधीसम्म कारोबारमा आएका १९७ कम्पनीको २४ लाख २६ हजार ६४७ कित्ता शेयर २५ हजार ८२९ पटक खरिद बिक्री हुदाँ १ अर्ब २६ करोड ३८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया