निफ्राले दियो नेप्सेलाई स्पष्टीकरण

५ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्फ्रास्टक्चर बैंकले नेपाल स्टक एस्सचेन्ज (नेप्से) लाई स्पष्टीकरण दिएको छ । 

बैंकले बन्ड जारी गर्ने विषय नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुनुभन्दा अगाडिकै योजना रहेको नेप्सेलाई लिखित रुपमा स्पष्टीकरण दिएको छ । 

बैंकले ३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै एक हिस्सा रहेको पनि जनाएको छ । यो विषय पनि बैंकको वार्षिक प्रतिवेदन एवं साधारण सेयरको निष्काशनको लागि तयार गरिएको विवरणपत्रमै रहेको समेत जनाएको छ ।

यसैगरी, लाभांशको सम्बन्धमा पनि बैंकले सेयर जारी गर्ने समयमै प्रकाशित गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको स्पष्टीकरण नेप्सेलाई दिएको छ ।

यस अघि नेप्सेले निफ्रालाई बन्ड जारी गर्ने, कम्पनीको नाफाबाट १०५ लाभांश वितरण गर्ने जस्ता धितोपत्र मूल्यमा प्रभाव पर्ने सम्वेदनशिल सूचना प्रचार गर्नुको कारण स्पष्ट पार्न निर्देशन दिएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया