काठमाडौं- साताको पहिलो (आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १९ अंक बढेको छ।
गत साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार ४२.९५ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको नेप्से, आज सेसनमा १९.३९ अंक बढेर २४९४४८ विन्दुमा पुगेको छ।
आइतबार प्रि ओपन सेसनमा ५६ कम्पनीको ८५ लाख ९० हजार १६१ रुपैयाँ बराबरको १६ हजार ८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४३ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया