काठमाडौं - पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा हिटलरको उदय भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गर्दै भट्टराईले हिटलरको रुपमा ओलीको उदय भइरहेको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत हिटलरको भनाइको उदाहरण दिँदै डा. भट्टराईले प्रधानमन्त्री ओली व्यक्ति केन्द्रित शक्ति प्राप्तिमा लागेको बताएका छन् ।
नेपालमा हिटलर उदय भइरहेको बताएका डा. भट्टराईले नयाँ हिटलरले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउन लागेको भन्दै सजग पनि गराएका छन् ।
उनले लेखेका छन्, 'हिट्लरबारे चर्चित भनाइ छ-‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनॅस...अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बॉकी थिएन!’नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ१उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ!होशियार!
प्रतिक्रिया