काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
लघुवित्तले चैत १८ गते आह्वान गरेको साधारण सभाका लागि आजबाट बुक क्लोज गरेसँगै नेप्सेले लघुवित्तको बोनस समायोजन गरी नयाँ शेयर मूल्य निर्धारण गरेको हो ।
नेप्सेले लघुवित्तको ९.१९ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ३७१ रुपैयाँ निर्धारण गरेको छ । बिहीबार कारोबार भएको अन्तिम कारोबार मूल्य १ हजार ४९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरिएको हो ।
प्रतिक्रिया