काठमाडौं - नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीलाई स्पस्टीकरण सोधिने केन्द्रीय कमिटीको निर्णय फिर्ता भएको छ ।
स्पष्टिकरण सोधिने नेताहरूको सूचीमा उनको नाम भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि रोकेको एक नेताले जानकारी दिए ।
‘झाँक्री लहलहैमा लागेर हिँडेको र उनलाई स्पष्टीकरण सोध्न वजज पुग्दैन’ भन्दै नाम हटाउन ओली तयार भएका थिए ।
बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई स्पस्टीकरण सोध्ने निर्णय गरेको छ ।
चार नेताहरूलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको कारण देखाउँदै स्पस्टीकरण सोध्ने निर्णय गरिएको हो ।
प्रतिक्रिया