सत्ता समीकरण गर्ने, लाभ लिने भन्दा पनि ओलीलाई हटाउनेमा लाग्नुपर्छ : भट्टराई

४ बर्ष अगाडि

काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल हटाउनुपर्ने बताएका छन् । 

उनले सामाजिक सञ्जाल ट्विटर मार्फत सत्ता समीकरण गर्ने वा को बाट तत्काल बढी लाभ लिने भन्दा पनि ओलीलाई हटाउने पर्ने बताएका हुन् ।  संघीय लोकतान्त्रिक गणतन्त्र देशका लागि ओली घातक रहेको पनि बताएका छन् । 

ओलीलाई प्रधानमन्त्री पदबाट हटाएपछि मात्रै अरु कुराको समाधान निस्कने उनको भनाई छ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले ओलीलाई पदबाट हटाउने विषयमा गल्ती र ढिलाई गर्न नहुने पनि बताए ।

उनले लेखेका छन्, ‘ऐलेको यक्ष प्रश्न को सँग सत्ता समीकरण गर्ने वा को बाट तत्काल बढी लाभ लिने भन्ने हुँदै होइन । अपितु अधुरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्ग प्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो’ भट्टराईले लेखेका छन्,  ‘अगाडि आएको बाघलाई पहिले लघारौ । पछाडिका स्यालहरूसँग लड्दै गरौँला । कुनै गल्ती नगरौं ।’

४ बर्ष अगाडि

प्रतिक्रिया