काठमाडौं - यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा नयाँ कम्पनी थपिएको छ । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड यस साता नेप्सेमा थपिएका हुन् ।
उक्त २ कम्पनीसहित यस साता नेप्सेमा ९ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । हिमालयन बैंक, ग्रीन लाइफ हाइड्रोपावर, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेन्चुरी कमर्सियल बैंक लिमिटेडको सेयर मूल्य सूचिकृत भएको हो ।
जसमा हिमालयन बैंकको १४ प्रतिशत बोनस बापतको एक करोड ३१ लाख २१ हजार एक सय ९४ कित्ता सेयर सूचिकृत भएको छ । त्यस्तै ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको एक करोड ८० लाख कित्ता आईपीओ, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।
साथै ग्लोबल आइएमई बैंक लिमिटेडको १४ प्रतिशत बोनस बापतको २ करोड ६५ लाख ६६ हजार २ सय ३१ दशमलव ८ कित्ता सेयर, लुम्बिनी विकास बैंक लिमिटेडको ७ प्रतिशत बोनस बापतको १९ लाख एक हजार ४ सय १८ दशमलव २१ कित्ता सेयर सूचिकृत भएको छ ।
नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको २.५ प्रतिशत बोनस बराबरको १५ हजार कित्ता सेयर, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २१ हजार कित्ता बोनस सेयर, नेपाल बंगलादेश बैंक लिमिटेडको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस सेयर र २२ हजार ८२९ कित्ता हकप्रद सेयर र सेन्चुरी कमर्सियल बैंक लिमिटेडको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया