पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण, १२३ जना कोरोना मुक्त

५ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै  कुल कोरोना सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ७५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १६१ जनाको पीसिआर परीक्षण गरिएकोमा १२५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १२३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ७३३ जना निको भएका हुन् । नेपालमा कोरोनाबाट निको हुने दर ९८.५ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सङ्क्रमितको मृत्यु भएको छ ।

यस्तै, हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार १६ जनाको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको हो ।

हाल एक हजार एक जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ५१ जना ब्यक्ति क्वारेन्टिनमा छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया