टिकटकको नयाँ फिचर : अब ग्रुप च्याट अप्सन पनि

४ बर्ष अगाडि

काठमाडौं- टिकटकले यसै वर्षभित्र आफ्नो शर्ट भिडियो प्लेटफर्ममा नयाँ ग्रुप च्याट अप्सन थप गर्ने रिपोर्टहरु बाहिर आएका छन् ।

युवाहरुमाझ निकै लोकप्रिय टिकटकले यो फिचर थप गरेको खण्डमा यसले फेसबुकमाथि ठूलो चुनौती थप गर्ने देखिएको छ । यति मात्र होइन इन्स्टाग्राम आधारित च्याट ग्रुप पनि टिकटकतिर स्थानन्तरण हुनेछन् ।

उक्त च्याट ग्रुपभित्र टिकटकको क्लिप शेयर गर्न सक्ने फिचरले त अझ यसको प्रयोगलाई पनि बढाउनेछ ।

यदि टिकटकले यो फिचर आफ्नो प्लेटफर्ममा ल्याउने हो भने यसले फेसबुकको वर्चस्वमाथि ठूलो र वास्तविक चुनौति खडा गरिदिनेछ ।

टिकटकमाथि युवाहरुको आकर्षणलाई हेर्दा यदि उनीहरुले फेसबुक र इन्स्टाको सट्टा यसैलाई आफ्नो अन्तरक्रियाको विकल्पमा चयन गरे भने प्रतिस्पर्धी कम्पनीहरुले आफ्नो ग्रिप गुमाउने छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया