काठमाडौं- यो साता नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचकमा दोहोरो अंक बढेको छ । यो साता २४५८.४९ को बिन्दुबाट सुरु भएको परिसुचक साताको अन्तिम दिन सम्म आइपुग्दाँ १६.६० अंकले उकालो लाग्दै २४७५.०९ को बिन्दुमा पुगेको छ ।
यो साता नेप्सेमा साढे २० अर्ब भन्दा बढीको कारोबार भएको थियो । नेप्सेमा यो साता ४ करोड ८८ लाख ५ हजार ७२८ कित्ता शेयर २ लाख ६२ हजार २६१ पटक खरिद बिक्री हुदाँ २० अर्ब ६१ करोड ३१ लाख ८९ हजार रुपैया बराबरको कारोबार भएको हो ।
कारोबारको पाँच दिनमा कुन दिन कतिको कारोबार ?
कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा ४ अर्ब ९५ करोड २७ लाख रुपैया बराबरको कारोबार भएको थियो । सो दिन परिसुचक ५१.२३ अंकले ओरालो लाग्दै २४०७.२६ को बिन्दुमा पुगी कारोबार बन्द भएको थियो । सोही दिन कारोबारमा आएका २११ कम्पनीको ९९ लाख ३ हजार ७०४ कित्ता शेयर ६० हजार ९७३ पटक खरिद बिक्री भएको थियो ।
यस्तै, कारोबारको दोस्रो दिन (सोमबार) नेप्से परिसुचक २४०७.२६ को बिन्दुबाट सुरु भई १८.१ अंकले घटेर २३८९.१९ को बिन्दुमा पुगेको हो । सो दिन नेप्सेमा २१२ कम्पनी कारोबारमा आएका थिए । उक्त कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता शेयर ५२ हजार ३०९ पटक खरिद बिक्री हुदाँ ४ अर्ब २४ करोड ८४ लाख रुपैंया बराबरको कारोबार भएको हो ।
कारोबारको तेस्रो दिन( मंगलबार) नेप्से परिसुचक सामान्य अंकले बढेको थियो । मंगलबार २३८९.१९ को बिन्दुबाट सुरु भएको परिसुचक अन्तिम समयसम्म आउँदा २.५६ अंकले ओरालो लाग्दै २३९१.७५ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो । यस्तै कारोबारमा आएका २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता शेयर ४६ हजार ५४० पटक खरिद बिक्री हुदाँ ३ अर्ब ३७ करोड ५६ लाख रुपैंया बराबरको कारोबार भएको थियो ।
यसैगरी, कारोबारको चौथो दिन अर्थात बुुधबार नेप्से परिसुचक ४० अंकले बढेको थियो । सो दिन ४० अंकले उकालो लाग्दै परिसुचक २४३२.१५ को बिन्दुमा पुगेको थियो । उक्त दिन कारोबारमा आएका २१२ कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता शेयर ४४ हजार ६९७ पटक खरिद बिक्री हुँदा ३ अर्ब ३७ करोड ४५ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
त्यसैगरी,कारोबारको अन्तिम दिन (बिहीबार नेप्से परिसुचक करिब ४३ अंकले बढेको थियो । बिहीबार २४३२.१५ को बिन्दुबाट सुरु भएको कारोबार ४३.९४ अकंले उकालो लाग्दै २४७५.०९ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो । सो दिन नेपसेमा २१३ कम्पनी कारोबारमा आएका थिए । कारोबारमा आएका उक्त कम्पनीको १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता शेयर ५७ हजार ७४२ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ६६ करोड १७ लाख रुपैया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया