दश वर्षमा पनि सम्पन्न भएन त्रियुगा बेली पुलको निर्माण कार्य

५ बर्ष अगाडि

काठमाडौं - चौदण्डी नगरपालिका–५ स्थित त्रियुगा बेली पुल यसवर्ष सम्पन्न हुने भएको छ ।  निर्माण सुरुआत भएको दश वर्षपछि बल्ल सम्पन्न हुने चरणमा पुगेको हो । 

सप्तरीको फत्तेपुर र उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार जोड्ने सो पुल वि.सं २०६७ मा महालक्ष्मी लोकप्रिय जेभी निर्माण कम्पनी काठमाडौँले निर्माण जिम्मा लिएको थियो । हालसम्म पुल निर्माण सम्पन्न नभएको चौदण्डी–५ का वडाध्यक्ष देवनारायण चौधरी जानकारी दिए । 

उनले पटक–पटक सम्बन्धित मन्त्रालय, विभाग र गाईघाट दिक्तेल सडक कार्यालयलाई जानकारी दिँदा पनि सुनुवाई नभएको बताए ।  सो कार्यालयका प्रमुख गोपाल खकुरेलका प्राविधिक र कोरोनाको कारण समयमा पुल निर्माण सम्पन्न हुन नसकेको बताए । 

उनका अनुसार सो पुल रु ११ करोड २५ लाखमा सम्पन्न हुन लागेको हो । चौदण्डी नगर प्रमुख खगेन्द्र राई र  उपप्रमुख राजकुमारी चौधरीले छिटो पुल निर्माण सम्पन्न गर्न नगरपालिकाले निर्माण कम्पनीलाई ध्यानाकर्षण गराउँदै आएको बताए । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया