शेयर बजारमा शिखर इन्स्योरेन्सको लगानी कति  ?

५ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक वर्षको पुस महिनासम्म शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर बजारमा करिब रु ५४ करोड बराबरको लगानी गरेको छ । कम्पनीले सो अवधीसम्म रु ५३ करोड ९३ लाख ६० हजार बराबरको लगानी गरेको हो । बीमा समिततिले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको तथ्यांकले यस्तो देखाएको हो ।

समितिको तथ्यांक अनुसार चालु आवको पहिलो त्रैमासमा कम्पनीको शेयर बजारमा लगानी रु ४९ करोड ९३ लाख ६० हजार रहेको थियो । जुन रकम चालु आवको पुस मसान्तसम्म आइपुग्दाँ ८ प्रतिशत अर्थात रु ४ करोड बढी हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया