काठमाडौँ- प्रधानमन्त्री केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारको पक्षमा दुईतिहाइ समर्थन देखिएको छ । सरकारले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका वेला ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन देखिएको हो ।
दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ । तर, संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको अहिलेसम्मको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाइभन्दा १२ मत बढी देखिएको छ । राजनीतिक स्थिरतासँगै भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धिका पक्षमा सरकारलाई अहिलेसम्म दुईतिहाइभन्दा बढी सांसदले समर्थन जनाइसकेको एमाले उपमहासचिव विष्णु पौडेलले बताए ।
प्रधानमन्त्री ओलीलाई अहिलेसम्म एमालेका १ सय २१, माओवादी केन्द्रका ५३ र राजपाका १७ सांसदको समर्थन रहने देखिन्छ ।
त्यस्तै, स्वतन्त्र सांसदको हैसियतमा रहेका राजेन्द्र लिङ्देन, राजमोकी दुर्गा पौडेल र हुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि सरकारका पक्षमा मतदान गर्ने तयारीमा छन्, नयाँ पत्रिकामा खबर छ ।
।
प्रतिक्रिया