कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन हुने

५ बर्ष अगाडि

काठमाडौं– ‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमा ः कानून व्यवसायी महिलाकोे प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन– २०७७ यही चैत ६ र ७ गते हुने भएको छ ।

नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्ने छिन् । प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ  ।

यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पु¥याउने भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ । 

बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पु¥याउने भन्ने विषयमा फरकफरक विषयमा सम्मेलन गर्दै आएको छ । नेपालमा कूल कानून व्यवसायी महिला तीन हजार छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया