काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार २५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ७ जना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ६१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार १५ पुगेको छ ।
हाल देशभर एक हजारजना आइसोलेसनमा र ५२ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया