काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समय सम्म आउँदा झन्डै ४३ अंकले बढेको छ ।
बिहीबार २४३२.१४ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आइपुग्दाँ ४२.९५ अंकले बढेर २४७५.०९ को बिन्दुमा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसुचक पनि ५.५५ अंकले बढेर ४४४.१५ को बिन्दुमा पुगेको छ ।
कारोबारका १३ उपसमुह मध्ये अन्तिम समयसम्म आइपुग्दाँ व्यापार समुह मात्र ओरालो लागेको छ । व्यापार क्षेत्र ३९.६ अंकले ओरालो लागेर ३७१२.२४ को बिन्दुमा पुगेको हो ।
अन्तिम समयसम्म कारोबारमा आएका २१३ कम्पनीको १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता शेयर ५७ हजार ७४२ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ६६ करोड १७ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया