काठमाडौं- साताको अन्तिम दिन (बिहीबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसुचक ४२.७६ अंकले बढेको छ ।
परिसुचक १ बजेसम्म आइपुग्दाँ १.७६ प्रतिशतले बढेर २४७४.९० को बिन्दुमा पुगेको छ । आज नेप्से परिसुचक २४३२.१४ को बिन्दुबाट सुरु भएको थियो ।
सेन्सेटिभ परिसुचक पनि २ घण्टाको अवधीमा ६.३९ अंकले बढेर ४४४.९९ को बिन्दुमा पुगेको छ ।
यस्तै,सोही अवधीसम्म कारोबारमा आएका २०२ कम्पनीको ५२ लाख १५ हजार ५५९ कित्ता शेयर २७ हजार ५९५ पटक खरिद बिक्री हुदाँ २ अर्ब ७ करोड २३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया