राजश्व संकलन लक्ष्य भन्दा कम, ७ महिनामा कति उठ्यो राजश्व ?

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको माघ मसान्तसम्म आउँदा सरकारको राजश्व संकलन लक्ष्य भन्दा कम नै देखिएको छ । माघसम्म आउँदा सरकारको राजश्व संकलन ४ प्रतिशत विन्दु कम रहेको छ । 
माघसम्म सकारले ५ खर्ब ४९ अर्ब ५१ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, माघसम्म ४ खर्ब ९८ अर्ब ५२ करोड राजश्व संकलन भएको छ । माघसम्म लक्ष्यको ९६ प्रतिशत राजश्व संकलन भएको देखिन्छ ।
कुल राजश्वमा कर राजश्व रु. ४ खर्ब ५८ अर्ब १० करोड र गैर कर राजश्व ४० अर्ब ४२ करोड रहेको छ । 
यद्यपि, समिक्षा अवधमिा भएको राजश्व संकलन गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको तुलनामा राजश्व संकलन १.२५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधीमा सरकारले ४ खर्ब ४७ अर्ब ८१ करोड राजश्व संकलन गरेको थियो । 
सरकारले चालु आवमा भने रु. ९ खर्ब १२ अर्ब ९४ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया