काठमाडौं- साताको अन्तिम दिन –बिहीबार) नेपाल स्टक एक्सेन्च –नेप्से)मा कारोबारको पहिलो घण्टामा दोहोरो अंकले बढेको छ ।
कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक १.०४ प्रतिशत अर्थात २५.१८ अंकले बढेर २४५७.३२ को बिन्दुमा पुगेको छ ।
यस्तै, सोही अवधीसम्म सेन्सटिभ परिसुचक ३.९९ अंकले बढेर ४४२.५९ को बिन्दुमा पुगेको छ ।
१२ बजेसम्म कारोबारमा आएका १९२ कम्पनीको २५ लाख ८५ हजार ३६२ कित्ता शेयर १३ हजार ६९४ पटक खरिद बिक्री हुदाँ ८४ करोड ४७ लाख ७७ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया