महँगो मन्त्रीको रुपमा बिक्री भए बादल ! : प्रचण्ड

४ बर्ष अगाडि

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पूर्वसहकर्मी रामबहादुर थापालाई महँगो मन्त्रीको रुपमा बिक्री भएको बताएको छन् । 

सिन्धुलीमा भएको कार्यक्रममा आफ्नो साथ छाडेर एमाले अध्यक्ष केपी ओलीतिर लागेका पूर्वसहकर्मीहरुप्रति निकै नै आक्रोश व्यक्त गर्दै अध्यक्ष दाहालले वर्तमान गृहमन्त्री थापालाई महँगो मन्त्रीको रुपमा बिक्री भएको बताएका हुन् । 

उनले भने, ‘ पार्टीमा पनि फटाहालाई बढी विश्वास भयो । मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पु¥याइनँ । सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आत्मसमीक्षा गर्नैपर्ने देखेँ । आएर रोएपछि मन्त्रीमा पठाएँ । अहिले महँगो मन्त्रीको रुपमा बिक्री भए । अर्का लालगद्दारलाई लौ गृहमन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धोका भयो ।’

४ बर्ष अगाडि

प्रतिक्रिया