काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ६२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति गरेको छ । साथै प्रतिकित्ता १०० रुपैयाँको दरमा आईपीओ जारी हुनेछ ।
यसको बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । ग्रीन भेन्चर्सले ओखलढुंगा र रामेछाप जिल्लाको सीमामा पर्ने लिखु खोलामा ५२.४ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया