पछिल्लो २४ घण्टामा ९४ जनामा संक्रमण पुष्टि,  ५५ जना डिस्चार्ज

५ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा  ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा २७ सय ८१ स्वाब परीक्षण गराउँदा ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

यस्तै, बितेको २४ घण्टामा थप ५५ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख ७१ हजार ५५० पुगेको छ। निको हुने प्रतिशत दर ९८.६ हो। 

मन्त्रालयका अनुसार ९५४ जना कोरोनाका सक्रिय संक्रमित छन्। बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हाल कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ।

यसैगरी, अहिले ४९ जना क्वारेन्टाइन र ९५४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया