काठमाडौं- गत दुई सातादेखि घट्दो क्रममा रहेको शेयर बजार मंगलबारबाट भने बढ्न थालेको छ।
कारोबारको चौथो दि(बुधबार) नेप्से सूचक ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ८.११ अंकले बढेर ४३८.६० विन्दुमा पुगेको छ।
कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ कारोबारका सबै उपसमुहमा हनियाली छाएको छ ।
तीन बजेसम्म आइपुग्दाँ कारोबारमा आएका २१२ कम्पनीमध्ये १५५ कम्पनीको शेयर मुल्य बढेको छ भने १५ कम्पनीको शेयर मुल्य घटेको हो र बाकीँ ८ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
कारोबारमा आएका उक्त कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता शेयर ४४ हजार ६९७ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ३७ करोड ४६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया