काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले पार्टी अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको बताएका छन् । अहिले पार्टीभित्र यस्तो आउँनुमा एक मात्र जिम्मेवार अध्यक्ष केपी शर्मा ओली रहेको बताए ।
एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा आज र भोलि हुने राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो भनेका हुन् ।
साथै नेकपा हुदा चर्चामा रहेको 'साइबर स्याल'हरु अहिले एमाले भएपछि पनि रहेको भन्दै फेक समाचार फैलाएर भेला स्थगित भएको हल्ला फैलाएको आरोप पनि उनले लगाए ।
अहिलेको लडाई पदको लागि नभएको दाबी गर्दै नेता नेपालले यो लडाई सिद्धान्त र निष्ठाको लडाई भएको बताए ।
त्यस्तै ओलीले अध्यक्ष भएपछि गुटको काम जारी राखेको भन्दै आफुहरुले बैठक राख्न समेत निवेदन दिनुपर्ने अवस्था सिर्जना गरेको उनले बताए ।
प्रतिक्रिया