काठमाडौं- कारोबारको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ दोहोरो अंकले बढेको छ ।
एक बजेसम्म आइपुग्दाँ परिसुचक २३.१० अंकले बढेर २४१४.८४ को बिन्दुमा पुगेको छ ।
यस्तै, सेन्सेटिभ पनि कारोबारको सोही अवधीसम्म आउँदा ४.२९ अंकले बढेर ४३४.७८ को बिन्दुमा पुगेको छ ।
दुई घण्टाको अवधीमा कारोबारमा आएका २०७ कम्पनीको २९ लाख ५६ हजार ४६४ कित्ता शेयर १९ हजार ५६६ पटक खरिद बिक्री हुदाँ १ अर्ब ३० करोड ४८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया