गुटको सुरू ओलीबाट नै भएको हो : खनाल

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका नेता झलनाथ खनालले नेकपा एमालेमा गुट सुरू गर्ने काम केपी ओलीबाट भएको बताएका छन् । ओलीले मदन भण्डारी फाउन्डेसनमार्फत गुट सुरु गरेका बताएका हुन् । 

राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “यो पार्टीमा गुट सुरु गर्ने केपी ओली हुन् । मदन भण्डारी फाउन्डेसनमार्फत उहाँले नै हो गुट सुरू गरेको गर्नु भएको हो ।”

पार्टीमा समस्या पनि ओलीकै कारण आएको उनको भनाइ थियो । यस अघि प्रधानमन्त्री केपी ओलीले पार्टी नेतृत्वविरुद्ध आफूखुसी गुटगत भेला नगर्न/नगराउन र त्यस्ता भेलामा सरिक नहुन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । 

साथै उनले पार्टी भन्दा बाहिर गएर गरिएका गुटगत भेलामा सहभागि हुनेलाई कारबाही गर्ने चेतावनी समेत दिएका थिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया