खनालको अध्यक्षतामा सुरु भयो राष्ट्रिय कार्यकर्ता भेला, २ हजार बढी कार्यकर्ता उपस्थित

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि भेला सुरु भएको हो ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला भोलिसम्म चल्ने छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको हो ।

कार्यकर्ता भेलाको संचालन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले गरेका छन् भने कार्यक्रमको अध्यक्षता झलनाथ खनालले गरेका हुन् ।

कार्यक्रममा देशका ७७ वटै जिल्लाबाट २ हजारभन्दा बढी कार्यकर्ता उपस्थित भएको बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया