काठमाडौं, कारोबारको चौथो दिन(बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको केही समयमै चन्द्रागिरी हिल्सको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयर मुल्य यो समाचार तयार पार्ने समयसम्म आउँदा ९.९२ प्रतिशत बढेको हो ।
आज कम्पनी शेयर कारोबार ११२२ रुपैंयाबाट सुरु भएको थियो । अहिले उक्त रकम बढेर ११७५ रुपैंयामा पुगेको छ । कम्पनीको शेयर मुल्य १०६ अंकले बढेको छ ।
हाल नेप्सेको मार्केट डेप्थमा उक्त कम्पनीको शेयर खरिद गर्न चाहने खरिदकर्ता चाप बढी छ । तर, बिक्रीकर्ताको चाप देखिएको छैन ।
प्रतिक्रिया