काठमाडौं- साताको चौथो दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ७ अंक बढेको छ।
मंगलबार २.५६ अंक बढेर २३९१.७५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.४७ अंक बढेर २३९९.२१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.१८ अंक बढेको छ।
यस दिन सो सेसनमा ३९ कम्पनीको २३ लाख २५ हजार ६४९ रुपैयाँ बराबरको ५ हजार ७०३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ।
प्रतिक्रिया